Comments Add Comment

निखिलको ‘आयो भैरव’मा संचिता ?

लगातार असफल चलचित्र दिएपछि केही समय ब्रेक लिएका नायक निखिल उप्रेती अब भने चलचित्र ‘आयो भैरव’का साथमा दर्शकमाझ आउँदैछन् । अहिले यो चलचित्रको धमाधम स्क्रिप्टको काम भैरहेको छ । यो चलचित्रमा निखिल आफै निर्देशक हुन् । निखिल यो चलचित्रमा प्रहरीको भूमिकामा देखिदैछन् । ‘भैरव’ चलचित्रमा मधेसको कथा उठान गरेका निखिलले यसपटक भने काठमाण्डौमा काम गर्ने एक प्रहरीको कथा उठान गर्ने बताएका छन् ।

निखिलले चलचित्र बनाउने तयारी गरिरहँदा यो चलचित्रमा नायिका को हुनेछिन् भन्ने चर्चा पनि छ । ‘भैरव’ चलचित्रमा निखिलले नायिका अनु शाहसँग पर्दा शेयर गरेका थिए । तर, अनु र निखिलको चलचित्रको प्रचारदेखि नै सम्बन्ध राम्रो बन्न सकेन ।

यसैविच, चलचित्र ‘आयो भैरव’मा भने निखिलले नायिकाको रुपमा संचिता लुइटेललाई नै खेलाउन लागेको खबर प्राप्त भएको छ । निखिलले भने नायिकाको बिषयमा केही पनि बोलेका छ्रैनन् । तर, निखिल र संचिताले नै पर्दा शेयर गरेर यो चलचित्रमा काम गर्न लागेको खबर बाहिरिएको छ ।

चलचित्र ‘माया त माया हो’मा काम गर्ने क्रममा निखिल र संचिता प्रेममा परेका थिए । पछि, उनीहरुले बिहे गरे । दर्शकले पनि लामो समयदेखि निखिल र संचितालाई पर्दामा हेर्न चाहेका छन् । संचिताको करिअर पनि अहिले संकटमा छ । अफर आएका सबै चलचित्रमा काम गर्दा संचिता असफल भइन् । यसैले पनि संचिताको करिअरलाई फेरि उकास्न निखिलले साथ दिनुपर्छ भन्ने चर्चा चल्दै आएको थियो । संचिताले भने केही समय अगाडि एक अन्र्तवार्तामा निखिलले आफूलाई नपत्याएको बताएकी थिइन् ।

तर, अब भने निखिल र संचितालाई दर्शकले एकसाथ पर्दामा हेर्न पाउनेछन् । यसले, दर्शकमा उत्साह पक्कै पनि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment