+
+
Shares

नेपाल प्रहरीका ६ एसपीको काज सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २० गते १७:३३

२० असार, काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाका अनुसार ३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । उनका अनुसार महोत्तरीमा एसपी श्यामकृष्ण अधिकारी, गोरखामा ओम अधिकारी र बाग्लुङमा नवराज भट्ट खटाइएका छन् ।

हाल महोत्तरीमा कार्यरत एसपी ईश्वर कार्की महानगरीय अपराध अनुसन्धान महाशाखामा पठाइएका छन् भने गोरखाका एसपी भोला रावल प्रदेश नं. ६ प्रहरी कार्यालय पठाइएका छन् ।

कार्यालयभित्रै मदिरा सेवन गरेर प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई गालीगलौज गरेपछि रावल विवादमा तानिएका थिए ।

बाग्लुङका एसपी कृष्णहरि शर्मालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार इकाइको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?