+
+
Shares

‘मापसे’ गरेर डीआईजीलाई हप्काउने गोरखा प्रहरी प्रमुख हटाइए

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २० गते १७:२२

२० असार, काठमाडौं । गोरखाका प्रहरी प्रमुख उपरीक्षक (एसपी) भोला रावल हटाइएका छन् । कार्यालयमै मदिरा सेवन गरेर लठ्ठ भेटिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई हटाएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार रावलको ठाउँमा एसपी ओम अधिकारीलाई खटाइएको छ । अधिकारी हाल महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत् छन् ।

रावललाई प्रदेश नं. ६ प्रहरी कार्यालयमा खटाइएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले बताए ।

मदिरामा लठ्ठ एसपी रावलले गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले फोन गर्दा उठाएका थिएनन् । सञ्चार सेटमार्फत सम्पर्क गर्न लगाएपछि उनले डीआईज शर्मालाई नै अश्लील गाली गलौज गरेका थिए ।

प्रदेश प्रहरी कार्यालयबाट गएको एसएसपी हरिराज वाग्लेको निरीक्षण टोलीमाथि पनि रावलले दुर्व्यवहार गरेका थिए । चिकित्सकसहित कार्यालयमा पुगेको वाग्लेको टोलीले परीक्षण गर्दा रावलले मापसे गरेको प्रमाणित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?