
२२ असार, काठमाडौं । जब श्रीलंकाविरुद्ध भारतका खेलाडी तथा विश्व कीर्तिमानधारी रोहित शर्मा ब्याटिङ गरिरहेका थिए । उनको ब्याटिङ नजिकबाट नियालिरहेका कप्तान दिमुथ करुनरत्नेले श्रीलंकाले रोहितको ब्याटिङबाट पाठ सिक्नुपर्ने बताएका छन् ।
रोहितले श्रीलंकाविरुद्ध १०३ रन बनाउँदै विश्व कीर्तिमान कायम गरे । उनले पाँच शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए । रोहितले शतक बनाएसँगै भारतले श्रीलंकालाई ७ विकेटले पराजित गर्न सफल भयो ।
पराजित भएपछि श्रीलंकाका कप्तान दिमुथ करुनरत्नेले रोहित शर्माबाट ब्याटिङको पाठ सिक्नु पर्ने बताएका छन् । विश्वकप क्रिकेटबाट बाहिरिएको श्रीलंकाका कप्तान करुनरत्नेले भनेका छन्, ‘रोहितबाट यो पाठ सक्नुपर्छ कि कसरी राम्रो सुरुवात गरी पारी खेल्दै शतक बनाउने । रोहितले राम्रो सुरुवात गर्छन् लामो पारी खेल्दै जान्छन् । हामीलाई पनि यस्तो आवश्यकता छ । रोहित निडर छन् ।’
उनले थपेका छन्, ‘रोहितको रणनीति एकदम सरल छ । बास ब्याटिङ गर्दै जाउँ । मे चाहन्छु की हाम्रा युवा खेलाडीले रोहितको यो खुबीको सिको गरुन् ।’
हुन त श्रीलंकाले विश्वकप अवधिभरि कुनै पनि टिमविरुद्ध राम्रो ब्याटिङ गर्न सकेन । विश्वकपको लिग चरणबाट श्रीलंका सेमिफाइनलमा पुग्न नसक्नु पनि मुख्य कारण ब्याटिङ नै रह्यो ।
प्रतिक्रिया 4