+
+
Shares

क्युइडी ग्रुपका एसिया निर्देशक साझा पार्टीमा आवद्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २२ गते १६:००

२२ असार, काठमाडाैं । विश्व परामर्शदातृ संस्था क्युइडि ग्रुपका एसिया क्षेत्रका निर्देशक डा. सिद्धि अर्याल साझा पार्टीमा आवद्ध भएका छन् ।

एक सयभन्दा बढी देशमा काम गर्ने उक्त सँस्थाबाट राजीनामा दिएर साझा पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।

अमेरिकाबाट अन्तर्राष्ट्रिय स्वास्थ्यमा स्नातकोत्तर र विश्व स्वास्थ्य पद्धति विकासमा विद्यावारिधि गरेका ४४ वषर्ीय अर्याल १८ वर्षयता विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुमा नेतृत्वदायी भूमिकामा रहेका थिए ।

क्युइडि ग्रुपका निर्देशक हुनअघि डा अर्याल मलेरिया कन्सोर्टियमका एसिया निर्देशक, युएनडीपीरयुएनएड्सका एसिया क्षेत्रका सल्लाहाकार पनि रहिसकेका छन्। उनी पछिल्ला केही वर्षदेखि म्यानमारलाई आधार बनाएर कार्यरत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?