Comments Add Comment

कथाकार पौडेलको उपन्यास अग्निदहन लोकार्पण

२२ असार, काठमाडौं । विज्ञान कथाकार तथा पत्रकार लोकमणि पौडेलद्वारा लिखित अग्निदहन उपन्यासको शनिबार लोकार्पण गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँगै विशिष्ट व्यक्तिहरुले उक्त कृतिको लोकार्पण गरेका हुन् ।

उपन्यासकार लोकमणि पौडेलले समाजमा भइरहेका घटना नजिकबाट अध्ययन गरेर उपन्यास लेखेको बताउँदै यसलाई पूरा गर्न ५ वर्ष लागेको जानकारी दिए । उपन्यासमा २०६७ सालदेखि २०७२ सालसम्मका घटनाहरु समावेश भएको र ती सत्य घटनामा आधारित भएको पनि उनले बताए ।

वरिष्ठ साहित्यकार तथा भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेलले उपन्यासले वैज्ञानिक ढंगबाट सामाजिक रुपान्तरणको संकल्प बोकेको बताए । पूर्व समाजकल्याणमन्त्री जाकिर हुसेनले उपन्यास मनोरञ्जक सँगसँगै उद्देश्यपूर्ण भएकाले साहित्यका क्षेत्रमा कोशेढुंगो सावित हुने दावी गरे ।

गोरखा पब्लिकेसन्स प्रालिका सल्लाहकार वरिष्ठ इञ्जिनियर रामबाबु शर्माले यस उपन्यासलाई नेपाल सरकारले स्कूल तथा कलेजको पाठ्यपुस्तकमा सन्दर्भ ग्रन्थका रुपमा समावेश गर्न उपयुक्त हुने धारणा राखे ।

गोरखा पब्लिकेशन्स प्रालिद्वारा प्रकाशित अग्निदहन उपन्यास १७६ पृष्ठको छ र यसको मूल्य ३ सय २५ रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment