+
+
Shares

‘भिजिट नेपाल २०२० लाई सफल पार्न स्वीट्जरल्याण्डमा अभियान 

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते १०:४८

बार्सिलोना । सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष घोषणा गरेको छ, जसका लागि स्वीट्जरल्याण्डमा पनि अभियान सुरु भएको छ। स्वीट्जरल्याण्डस्थित नेपाली दूतावासको आयोजना तथा एनआरएनएन र स्विस-नेपाली समाजको सहकार्यमा पर्यटन प्रवर्द्वन कार्यक्रम सम्पन्न भएको हो।

शनिबार राजधानी वर्नमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईले नेपाल भम्रणका लागि स्विस नागरिकहरुलाई अनुरोध गरे ।

प्राकृतिक ,साँस्कृतिक, मनोरन्जन तथा  साहसिक पर्यटनका लागि नेपाल उचित गन्तव्य रहेको बताउँदै उनले नेपाल पुग्न अनुरोध गरे। राजदूत भट्टराईले भने, ‘भगवान गौतम बुद्वको जन्मस्थल, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश तपाईं एकपटक मात्र पुग्नु भयो भने त्यो क्षण जीवनभरका लागि अविष्मरणीय रहनेछ। त्यही सम्झनाले पनि तपाईंलाई पटकपटक नेपाल पुग्न प्रेरित गर्नेछ।”

यसअघि राजदूतको रुपमा जेनेभा आउनेबित्तिकै उनले नेपाली समुदायद्वारा आयोजित पहिलो कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन प्रवर्द्वन,लगानी र प्रविधि हस्तान्तरणलाई जोडेर आर्थिक कूटनीतिको क्षेत्रमा काम गर्ने प्रतिवद्वतासमेत ब्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल पुगेका केही स्विस नागरिकहरुले आफ्नो यात्रा र अनुभवबारे बताउँदै अन्यलाई घुम्नका लागि प्रेरित गरे। स्विस–नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुलले नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन पर्यटन पूर्वाधार विकासमा सहज बनाउन सरकारलाई अनुरोध गरे।

एक गन्तव्यबाट अर्को गन्तव्यमा पुग्न सहज आउजाउको वातावरण सरकारले तयार गर्नुपर्ने सहभागीहरुको भनाइ थियो।

एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष भूमिराज गुरुङले पर्यटन वर्ष सफल पार्न गैरआवासीय नेपाली संघले भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरे। नेपालीप्रेमी स्विस नागरिकहरुको उपस्थिति रहेको उक्त कायर्क्रममा नेपाली कला,संस्कृति झल्कने गीत-संगीत तथा नृत्यहरु समेत प्रस्तुत भए। स्वीट्जरल्याण्डका विभिन्न शहरहरुमा पर्यटन प्रवर्द्वनका यस्तै गतिबिधिहरुलाई सक्रिय पार्ने दूतावासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?