Comments Add Comment

‘एकलब्य’को एक्सनप्रधान ट्रेलर रिलिज

साउन १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एकलव्य’को ट्रेलर सार्वजनिक भएको छ । एक्सनप्रधान ट्रेलरमा चलचित्रका मुख्य कलाकार सोनाम थापा मगर र पुष्कर राउतको एक्सन अवतारलाई देखाइएको छ ।

देशमा भइरहेका गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता समस्याहरुलाई चलचित्रमा देखाउन खोजिएको छ ।

अनमोल शर्मा निर्देशित यस चलचित्रलाई सामाजिक प्रेमकथा पनि जोडिएको छ । चलचित्रमा सोनाम र ओसिनसँगै महिमा सिलवाल, पुष्कर राउत, सुशील पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनलगायतको पनि अभिनय रहेको छ ।

राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभि थापा मगरको संयुक्त लगानी रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद, राजेन्द्र बजगाईंको संगीत, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कृष्ण श्रेष्ठको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment