Comments Add Comment

डेयरिङ राइडरका लागि ‘पल्सर डेयर भेन्चर ४’को रेजिष्ट्रेसन खुल्ला

२४ असार, काठमाडौं । बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर डेयर भेन्चर सिजन ४ लिएर आएको छ । पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकपि्रय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो ।

पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ सिजन पुरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा सम्पन्न भएको थियो र पल्सर डेयर भेन्चर ४ का साथ अब अन्तर्राष्ट्रिय सिमाना पार गर्दै भयमुक्त तथा अलग प्रकारको एडभेन्चर महशुस गर्ने समय आएको छ ।

यस पटक पल्सर डेयर भेन्चरले पल्सर राइडरहरुलाई सबैभन्दा साहसिक रोडहरुको उचाई मापन गर्दै, अद्भूत अनुभव बटुल्ने बाइकरहरुको सबैभन्दा लोकपि्रय गन्तव्य, लदाखमा लग्नेछ । यो पल्सर डेयर भेन्चर ४ अब विदेशमा आयोजना हुने भएको छ ।

यदि तपाईं बाइक सरगर्म हुनुहुन्छ र सिमावर्ती बाइक यात्राको अनुभव लिन चाहानुहुन्छ भने छिटो गर्नुहोस् र पल्सर डेयर भेन्चर ४ को लागि रेजिष्टर गर्नुहोस् । यो रेजिष्ट्रेसन सबैका लागि खुल्ला गरिएको छ र बजाज चालक बाहेकले पनि पल्सर डेयर भेन्चर ४ मा सहभागिता जनाउन सक्नेछन् ।

रेजिष्ट्रेसनको अवधि २३ जुलाई २०१९ अर्थात श्रावण ७ गतेसम्म मात्र रहेको छ । पल्सर डेयर भेन्चरको वेभसाइट www.pulsardareventure.com मा गएर रेजिष्टर गर्न सकिने छ ।
विदेशी भूभागमा जानुको रोमान्चक अनुभव बाहेक विजेताले १० लाख नगद पुरस्कार र नयाँ पल्सर एनएस २०० प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment