Comments Add Comment

किन महिलालाई बढि हुन्छ डिप्रेशन ?

भन्न त भन्छौं, रोगले धनी-गरिब भन्दैन । ठूलो-सानो भन्दैन । महिला-पुरुष भन्दैन । तर, कतिपय रोगले कुनै वर्ग विशेषलाई, कुनै लिंग विशेषलाई बढी सताउँछ । यस्तै समस्या हो, डिप्रेसन । डिप्रेसन जो कोहीलाई हुनसक्छ । धनी गरिब, वयस्क-बच्चा, पुरुष- महिला । यसमा अहिलेको हाम्रो जीवनशैली जिम्मेवार छ ।

जीवनशैलीले हाम्रो जीवनमा धेरै सकारात्मक कुराहरु ल्याएको छ भने साथसाथै नकारात्मक कुराहरु पनि आएका छन् । व्यस्त जीवनशैली, आफ्नो परिवारको लागि समय नहुनु, भावनाको कमि, सामाजिक सञ्जालमा अल्भिmरहनु जस्ता अनेक कुराले ठुला सँगसँगै स-साना बालबालिकालाई पनि असर पारेको छ । प्रतिस्पर्धात्मक सोचाइका कारण आजभोलि मानिस आफ्नो स्व्ाास्थमा ध्यान नै दिदैनन् । यसको साथै काम र पढाईमा प्रेसर बढ्नुको कारणले पनि युवाहरु डिप्रेसनको शिकार हुन थालेका छन् ।

डिप्रेशनको मुख्य कारण काम, पढाईको तनाव, धेरै भन्दा धेरै पैसा कमाउने इच्छाहरु आदि हुन् । डिप्रेशनका कारण धेरैले आफ्नो ज्यान समेत गुमाएका छन् । त्यसैले यहाँ डिप्रेशन कसरी बढ्छ र यसलाई कसरी कम गर्ने भन्ने बारेमा केही जानकारीहरु उल्ल्ोख गरिएको छ ।

के हो डिप्रेशन ?

हरेक व्यक्ति कुनै न कुनै कारणले गर्दा उदास हुनु सामान्य कुरा हो । तर, धेरै समयसम्म उदास रहिरहने हो भने त्यो डिप्रेशनको संकेत हो भनेर बुझ्दा हुन्छ । डिप्रेशन एउटा त्यस्तो मानसिक विकार हो, जसको कारणले मानिसलाई केही पनि रमाइलो लाग्दैन्ा । उसलाई आफ्नो जीवनमा दुःख बाहेक केही छैन भन्ने लाग्न थाल्छ । यस्तो सोचाईका कारण उसले बाच्ने कुनै आधार नै पाउँदैन ।

महिलाहरुमा बढि डिप्रेशन

विश्व स्वास्थ संगठनको रिपोर्ट अनुसार डिप्रेशनको सम्भावना पुरुषभन्दा महिलालाई बढि हुन्छ । अहिलेको आधुनिक समयमा महिलालाई घर-परिवार सँगसगै करियर र अन्य जिम्मेवारीहरु हुन्छन् । अफिसमा छुट्टी भएको दिनमा पनि महिलाले घरको काम गर्छन्, जसको कारण उनीहरुलाई आराम गर्ने समय हुँदैन्ा । महिलालाई डिप्रेशन हुने अर्को कारण हार्मोनको परिवर्तन पनि हो, जसको कारण महिला डिप्रेशनको शिकार बन्न पुग्छन् ।

किन डिप्रेशन हुन्छ ?

कामकाज र पढाईको कारण आजका युवाहरुलाई जुन प्रकारको दवाव र डिप्रेशन बढेकेा छ , त्यहि कारणले गर्दा आज धेरै युवाहरु गलतमा बाटो हिँड्न बाध्य भएका छन् । अफिसमा कामको दवाव बढ्नु र त्यसमा सफल नहुनु पनि डिप्रेशनको कारण बन्छ ।

डिप्रेशनबाट हुने हानी

हरेक समय हुने डिप्रेशनले शरीरलाई हानी पुर्‍याउँछ, जसमा हरेक समय हुने चिडचिडापन, छिट्टो रिस उठ्नु, नीद्रा नलाग्नु जस्ता कुराहरु हुन्छन् । डिप्रेशनबाट ग्रसित ब्यक्तिलाई हट अट्याक आउने सम्भावना बढि हुन्छ ।

डिप्रेशनबाट बच्चालाई कसरी जोगाउने ?

-नकारात्मक सोचबाट सकेसम्म टाढा राख्नुहोस् ।
-वर्तमानमा बाँच्न सिक्नुहोस् ।
-फुर्सदको समयमा आफुलाई खुशी राख्ने कोशिश गर्नुहोस् ।
-पुरा निद्रा सुत्नु आवश्यक छ, तर आवश्यकताभन्दा बढि पनि सुत्नु हुँदैन । समयमा सुत्ने र उठ्ने बानी गर्नुपर्छ ।
-साथी-भाइ र परिवारसंग बढि समय बिताउनु पर्छ ।
-कपालको मसाज गर्ने तथा स्टीम बाथ लिनु पर्छ । यसले शरीरमा आराम हुँदा दिमागमा पनि राम्रो असर हुन्छ ।
-नियमित योगा गर्नु पर्छ । डिप्रेशनबाट मुक्ति पाउन योगा गर्नु राम्रो उपाय हो ।
-साना बालबालिकालाई पनि खेलकुदमा व्यस्त बनाउनुपर्छ । यसो गर्दा शारीरिक रसायनको सन्तुलन भैरहन्छ र डिप्रेशन हुन पाउँदैन ।
-सबै उमेरका व्यक्तिले प्रकृतिसँग केहि समय बिताउनु पर्छ । सूर्यको किरण, ताजा हावा र खुल्ला आकाशले तपाईंलाई आनन्दको अनुभव गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment