Comments Add Comment

भारत र न्युजिल्यान्डको बाँकी खेल आज

२४ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्ड र भारतबीच बाँकी खेल आज हुँदैछ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भारत र न्युजिल्यान्डबीच मंगलबार खेल चलिरहँदा वर्षा भएपछि रोकिएको थियो । ‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल हुन लागेको हो ।

न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेपछि यो खेल ‘रिजर्ब डे’ को लागि सारिएको थियो ।

खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।

न्युजिल्यान्डका लागि क्रिजमा रोस टायलर ६७ रन बनाएर अविजित छन् । न्युजिल्यान्डले आज ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रनदेखि नै ब्याटिङ थाल्नेछ ।

दुवै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छन् । आजको विजेताले फाइनलमा उपाधिका लागि अर्को सेमिफाइनल विजेता अष्ट्रेलिया वा आयोजक इंग्ल्यान्डसँग खेल्नेछ ।

यो पनि पढ्नुहोस विश्वकप सेमिफाइनल : भारत कि न्युजिल्यान्ड ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment