Comments Add Comment

ओखलढुंगामा बस दुर्घटना, ३ को मृत्यु

२५ असार, ओखलढुंगा । ओखलढुंगामा यात्रु बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान ३ बजेतिर सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा झपाका ४५ वर्षीय कृष्णबहादुर बस्नेत, दूधकुण्ड नगरपालिका–५ सोलुका ५२ वर्षीया माया थापा र सिन्धुली कमलामाइ नगरपालिकाकी अन्दाजी ३० वर्षीय लालबहादुर धामी रहेको प्रहरीले जनाएको छ । मृतक बस्नेत बसचालक हुन् ।

गाडीमा सवास १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार, घाइतेमध्ये मित्रबहादुर थापा, मदन कट्टेल र कृष्ण गौतमलाई एम्बुलेन्समार्फत काठमाण्डौ लगिएको छ भने अन्य घाइतेहरुको घुर्मीको अस्ता र ओखलढुंगाको जनसेवा अस्पतालहरुमा उपचार भइरहेको छ ।

घुम्ती पार गर्ने क्रममा सडकबाट २० मिटर तल खसेको ओखलढुंगा ट्राफिक पोष्टका ट्राफिक प्रहरी गोकर्ण खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment