Comments Add Comment

हरर फिल्ममा जान्हबी कपूर

बलिउड अभिनेत्री जान्हवी कपूर यतिबेला भारतकै आगरामा छिन्, जहाँ उनी आफ्नो रोमान्टिक हरर फिल्म ‘रुही आफजा’ को छायांकनमा व्यस्त छिन् । उनले छायांकनस्थलबाट केही तस्बिरहरु आफ्नो इन्स्टाग्रँममार्फत सार्वजनिक गरेकी छिन् ।

यसैबीच, आगरामा भैरहेको उक्त फिल्मको छायांकनको क्रममा स्थानीय वासिन्दाहरु उनीहरुकी मनपर्ने अभिनेत्री श्रीदेवीकी छोरीको एक झलक पाउनका लागि लालायित भएको समाचार सार्वजनिक भएको छ । उनलाई हेर्न भेला भएका स्थानीयवासीलाई नियन्त्रण गर्न प्रहरीलाई नै हम्मे परेको बताइन्छ ।

फिल्मका कलाकारहरु आगराभन्दा करिव ७० किलोमिटर टाढा रहेको बटेश्वरमा छायांकन गरिरहेका छन् । यही मंगलबार बटेश्वर मन्दिरको मुख्य प्रवेशद्वारमा जान्हवीसहितका कलाकारहरुको अभिनय हेर्नका लागि मानिसहरुको ठूलो संख्या भेला भयो । त्यहींका केही तस्बिरहरु जान्हवीले इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् ।

छायांकनस्थलको नजिक युमना नदीको किनारमा एक सय एक वटा शिव मन्दिरहरु छन् । त्यसबाहेक, त्यहाँ भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको पैतृक घर तथा शौरिपूर जैन मन्दिर पनि छ ।

हार्दिक मेहताद्वारा निर्देशित ‘रुही आफजा’ मा जान्हवीको साथमा अभिनेता राजकुमार रावले पनि अभिनय गरिरहेका छन् । उक्त फिल्म बटेश्वरका अतिरिक्त होलीपुरामा पनि गरिने बताइन्छ । अभिनेत्री कपूरले ‘रुही आफजा’ को आफ्नो भूमिकालाई दर्शकले मन पराउने अनुमान गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment