Comments Add Comment

विश्वकप सेमिफाइनल : अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै

२६ असार, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।

वर्मिङह्याममा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । विजेता टिमले उपाधिका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

उपाधि दौडलाई कायमै राख्नका लागि दुबै टिमलाई आजको खेलमा जित हार्ने दाउमा छन् । सर्वाधिक पाँच पटकको विजेता अष्ट्रेलिया इंग्ल्यान्डलाई पराजित गर्दै छैटौं पटक उपाधि जित्ने सपना नजिक हुनेछ । अष्ट्रेलिया निकै बलियो टिम हो ।

यता, इंग्ल्यान्ड भने लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ । लिग चरणको खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment