Comments Add Comment

विराटनगर बजार जलमग्न, रंगशाला नै डुबेपछि प्रतियोगिता सारियो

२६ असार, विराटनगर । तीन दिनदेखि लगातार परेको वर्षाका कारण विराटनगर जलमग्न बनेको छ । विराटनगर बजार क्षेत्रमा परेको पानी निकास हुने नाला भत्किएका कारण बजार क्षेत्र जलमग्न बनेको हो ।

परेको पानी निकाश नहुँदा विराटनगरको कोशी अञ्चल अस्पतालको प्रवेशद्वार जलमग्न छ । पानीकै कारण विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप पनि धरान सारिएको छ । मुख्यमन्त्री कप आज बिहीबारदेखि सुरु गर्ने कार्यतालिका थियो । तर उद्घाटन खेल हुने विराटनगर शहीद रंगशाला पानीले डुबेपछि प्रतियोगिता धरानमा सारिएको हो ।

वर्षाका कारण विराटनगरको मुख्य बजार क्षेत्र जलमग्न बनेको छ । विराटनगरमा क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत ढल नाला तथा सडक निर्माणको काम भइरहेको छ । परियोजनाको काम सञ्चालन गर्दा निकाश नाला क्लियर नहुँदा बजार क्षेत्र जलमग्न भएको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विराटनगर दरैया क्षेत्र बढी डुबानमा परेको बताउँछन् । उनका अनुसार विराटनगररको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्र बढी डुबानमा परेको छ ।

ब्लकेज भत्काउँदैछौं : मेयर

विराटनगरको बजार क्षेत्र निर्माणको चरणमा रहेका कारण पानी पर्दा डुबानमा परेको मेयर भीम पराजुली बताउँछन् । पानी ब्लकेज भएपछि बजार क्षेत्रमा स्काभेटर प्रयोग गरेर ब्लकेज खोल्ने काम भइरहेको उनको भनाइ छ । महानगरपालिका निर्माणको चरणमा रहेका कारण जनताले दुःख पाएको बताउँदै उनले सर्तक रहन आग्रह गरे ।

कोशी अञ्चल अस्पताल डुबानमा पर्नुको कारण निकाश नाला नभएको बताउँदै उनले अस्पतालको पानी निकाश गर्न ब्लकेज भत्काइएका कारण पानी निकाश हुन थालेको बताए । विराटनगर ६ लेन सडक परियोजनाले पनि समयमा नै काम सम्पन्न नगर्दा पानीको निकाश नभएको बताए । ६ लेन परियोजनामा पनि ठेकेदारलाई ब्लकेज खोल्न निर्देशन दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment