+
+
Shares

शहीद गौविन्द गौतमको शालिक निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते १६:५६

२६ असार, कञ्चनपुर । कञ्चनपुरको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागि मृत्यु भएका शहीद गोविन्द गौतमको बिहीबार अर्धकदको शालिक अनावरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभाका सदस्य एवं नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ र पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले संयुक्त रुपमा शालिक अनावरण गरेका हुन् ।

तामाङले प्रदेश सरकारले सहिद गोविन्द गौतमको लागि सम्मान गर्दै उनको सम्झनामा अर्ध कदको शालिकसहित सहिद गोविन्द गौतम स्मृति पार्कको स्थापना गरिएको बताए ।

शहीद गोविन्द गौतमका पिता खेमलाल गौतमले आफ्नो छोराको शालिक हेर्ने चाहना पुरा भएको बताए । उनले देशको सीमा रक्षार्थ प्राण त्यागेको छोरोको सम्मान गर्दै राज्यले स्मृति पार्क निर्माण गर्दा खुशी लागेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रदेश सभा सदस्य तारालामा तामाङको प्रदेश पुर्वाधार विकास योजनाबाट ८ लाख र पुनर्वास नगरपालिकाको ५ लाख रुपैयाँ बजेटबाट शहीद गौतमको शालिक, गेट र तटबन्ध निर्माण भएको हो ।

पार्क शहीद गौतमको आफ्नै जमिनमा निर्माण गरिएको पुनर्वास नगरपालिकाका प्रमुख जीवनराम थापाले जानकारी दिए । उनले पार्क शहीद गौतम निवास नजिकको ५ कठ्ठा जमिनमा निर्माण गरिएको बताए ।

२०७३ फाल्गुन २६ गते सीमा विवादमा भएको झडपमा भारतीय प्रहरीको गोली लागेर शहीद गौतमले सहादत प्राप्त गरेका थिए ।

सुदूरपश्चिमको सीमा सर्वेका लागि पटकपटक गठन भएका सीमा सर्वे टोलीले अन्य ठाउँहरुमा सर्वे गरी सीमास्तम्भ समेत निर्माण भइसक्दा सुरक्षा चुनौती देखाउँदै पुनर्वासमा भने सर्वे मात्र गरेका छन्, सीमा स्तम्भ गाडेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?