Comments Add Comment

काठमाडौंका खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

२७ असार, काठमाडौं । काठमाडौंका खोला नजिकका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बिहीबार रातिदेखि लगातार परेको पानीले खोलामा पानीको बहाव उच्च भएपछि बाढी पूर्वानुमान विभागले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको हो ।

नेपाल बाढी सूचनामार्फत यहाँका बागमती, विष्णुमती बल्खु खोला, नख्खु, हनुमन्ते, मोहना, धोबी खोला आसपास र होचो ठाउँका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।

लगातारको वर्षाका कारण काठमाडाैंमै शुक्रबार ३ जनाको मृत्यु भइसकेको छ । बिभिन्न क्षेत्र  डुवानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment