+
+
Shares

भारतको पत्र मैले नै प्रधानमन्त्रीलाई देखाएँ : कृषिमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २७ गते १०:५६

२७ असार, काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले विषादी प्रकरणमा भारतीय दूतावासले पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको बताएका छन् ।

दूतावासको पत्रबारे जानकारी नगराउँदा आफूले आएको छैन भनेको र सार्वजनिक रुपमा लज्जित हुनु परेको भन्दै प्रधानमन्त्रीले माफी मागेका थिए । कृषिमन्त्री खनालले भारतीय पत्रबारे प्रधानमन्त्रीलाई जानकारी नगराएको पाएपछि आफूले नै देखाएको बताएका छन् ।

शुक्रबार बिहान विषादी परिक्षण प्रयोगशाला पुगेका मन्त्री खनालले भने, ‘यो पत्र आउँदा म बाहिर थिएँ । पररष्टलाई लेखिएको पत्रको बोधार्थ सबैतिर लेखियो ।’

उनले अघि भने, ‘पत्र आएको थाहा पाएपछि सम्माननीयज्यू (प्रधानमन्त्री)लाई मैले भनेको थिएँ, पत्र आएको रहेछ । मैले कृषि मन्त्रालयमा त भेटेँ भनेपछि उहाँले खोई हेरौं त भन्नुभयो । हेर्नुभयो र पत्र त आएको रहेछ, समयमा जानकारी भएन भन्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?