+
+
Shares

दक्षिण इजरायलको अरादमा मिसाइल आक्रमण; घाइते हुनेको संख्या ८८ पुग्यो

दक्षिण इजरायलको अराद सहरमा भएको भीषण मिसाइल आक्रमणमा परी घाइते हुनेहरूको संख्या ८८ पुगेको  छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १८:३४
Photo Credit : एपी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण इजरायलको अराद सहरमा भएको मिसाइल आक्रमणमा घाइते हुनेहरूको संख्या ८८ पुगेको छ।
  • इजरायलको राष्ट्रिय एम्बुलेन्स सेवाले १० जनाको अवस्था गम्भीर र १९ जनाको मध्यम घाइते रहेको बताएको छ।
  • इरानसँगको युद्ध चौथो हप्तामा प्रवेश गर्दा इजरायलका सहरहरूमा मिसाइल र ड्रोन आक्रमण तीव्र भएका छन्।

८ चैत, काठमाडौं । दक्षिण इजरायलको अराद सहरमा भएको भीषण मिसाइल आक्रमणमा परी घाइते हुनेहरूको संख्या ८८ पुगेको  छ।

इजरायलको राष्ट्रिय एम्बुलेन्स सेवाका अनुसार घाइतेहरूलाई तत्काल अस्पताल भर्ना गरिएको छ, जसमध्ये १० जनाको अवस्था अत्यन्तै गम्भीर रहेको र १९ जना मध्यम घाइते भएका छन्। अन्य ५५ जना सामान्य घाइते भएको विवरण सार्वजनिक गरिएको छ।

यसअघि ६४ जना घाइते भएको जानकारी दिइएको भए पनि पछिल्लो समय घाइतेहरूको संख्या थपिएको हो। इरानसँगको युद्ध चौथो हप्तामा प्रवेश गरिरहँदा इजरायलका विभिन्न सहरहरूमा मिसाइल र ड्रोन आक्रमणहरू तीव्र भएका छन्।

अराद सहरमा भएको यो क्षतिलाई यस क्षेत्रकै ठूलो मानवीय क्षतिको रूपमा हेरिएको छ। इजरायली सेनाले यस आक्रमणको कडा प्रतिवाद गर्ने चेतावनी दिएको बताइएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?