+
+
Shares

क्रिप्टो कारोबारको आरोपमा भारतीयसहित ३ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिप्टो करेन्सी कारोबार आरोपमा भारत पश्चिम बंगालका प्रवेश खलीसहित तीन जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेहरूमा बाँकेको नेपालगञ्जका नरेश रेउल र सर्लाहीकी दिप्ती पोखरेल पनि छन्।
  • उनीहरूले १५ लाख ३० हजार बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ र चार थान मोबाइल बरामद गरिएको छ।

८ चैत, काठमाडौं । क्रिप्टो करेन्सी कारोबार आरोपमा एक भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगालका प्रवेश खली, बाँकेको नेपालगञ्जका नरेश रेउले र सर्लाहीका दिप्ती पोखरेल छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले १५ लाख ३० हजार बराबरको क्रिप्टो कारोबार गरकेो पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहरप्रसाद भट्टले बताए ।

उनीहरूबाट ४ थान मोबाइल पनि बरामद भएको छ ।पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?