News Summary
Generated by OK AI. Editorially reviewed.- ठमेल क्षेत्रका एक दर्जनभन्दा बढी सम्पदालाई समेटेर नीति अनुसन्धान प्रतिष्ठान नेपालले 'ठमेलका सम्पदाहरू' पुस्तक प्रकाशित गरेको छ।
- ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाको सक्रियतामा पुस्तकको काठमाडौंमा विमोचन गरिएको छ।
- पुस्तकमा ठमेलेश्वर मन्दिर, मैत्रीपुर महाविहार, नाट्टेश्वर लगायत सम्पदाको खोज अनुसन्धान प्रकृति अधिकारीले गरेका थिए।
८ चैत, काठमाडौं । नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका सम्पदाहरूलाई समेटेर ‘ठमेलका सम्पदाहरू’ पुस्तक प्रकाशित भएको छ ।
सो पुस्तकमा ठमेलभित्रका एक दर्जनभन्दा बढी सम्पदालाई समेटिएको छ
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाको सक्रियतामा नीति अनुसन्धान प्रतिष्ठान नेपालले प्रकाशित गरेको पुस्तकको आज काठमाडौंमा विमोचन गरिएको हो ।
पुस्तकमा ठमेलभित्रका ठमेलेश्वर मन्दिर, मैत्रीपुर महाविहार, नाट्टेश्वर, त्रिदेवी मन्दिर, अशोक चैत्य, भगवान बहालको बारेमा वर्णन गरिएको छ ।
यस्तै भगवती मन्दिर, भिमसेनपाटी, गाःहिटी, गुणाकर महाविहार, करुणापुर महाविहार, तःहिटी चैत्य, श्री गाहा चैत्यको बारेमा खोज अनुसन्धान गरिएको छ । यी सम्पदाको खोज प्रकृति अधिकारीले गरेका थिए ।
पुस्तक विमोचन समारोहमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष धमलाले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई ठमेल क्षेत्रभित्रका सम्पदाहरुको बारेमा जानकारी दिन यो पुस्तक प्रकाशन गरिएको जानकारी दिए ।
स्वदेशी सम्पदा प्रेमीहरूका लागि पनि पुस्तक संग्रहणीय भएको उनले बताए ।
प्रतिक्रिया 4