+
+
Shares

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गर्ने

नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।
  • कार्की आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिन गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ।
  • सरकारले प्रतिवेदन सार्वजनिक नगरेपछि प्रदर्शनहरू भइरहेका छन् र कांग्रेसले यसलाई सार्वजनिक गर्न सरकारको दायित्व भएको बताएको छ।

८ चैत, काठमाडौं । नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने भएको छ । जारी केन्द्रीय समितिको बैठकमा जेनजी आन्दोलनको घटना जाँचबुझका लागि गठन भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानार्षण गराउने कुरा उठेको हो ।

‘केन्द्रीय समिति बैठकले उक्त आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निष्कर्ष निकालेको छ,’ कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने, ‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारीको विषय पनि हो । यसलाई सार्वजनिक गर्न पार्टीले सरकारसँग माग गर्नेछ ।’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले  ६ महिना बढी समय लगाएर तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ । सरकारले उक्त प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।  उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शनहरूसमेत भइरहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?