News Summary
Generated by OK AI. Editorially reviewed.- माइतीघर मण्डलामा २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रदर्शन भएको छ।
- प्रदर्शनमा सहभागी जेनजीहरूले सडक नाटकमार्फत प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन लुकाएको आरोप लगाएका छन्।
- जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि सार्वजनिक नभएपछि युवा समूहहरूले दबाब दिन दैनिक प्रदर्शन गर्दै आएका छन्।
७ चैत, काठमाडौं । २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा आज पनि प्रदर्शन भएको छ ।
प्रतिवेदन सार्वजनिक गर्न साइत कुर्नुपर्ने हो कि हस्तक्षेप?, कार्की आयोग २०८२ जेनजेड गुमराहमा, आवाज एक दोषी अनेक जस्ता नारा लेखिएको प्लेकार्ड र ब्यानर राखेर प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागी जेनजीहरूले सडक नाटकमार्फत सरकारको विरोध गर्दै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आयोगको प्रतिवेदन लुकाएर जेनजी आन्दोलनका पीडित परिवारहरूप्रति अन्याय गरेको विषय नाटकमार्फत उजागार गरिएको प्रदर्शनमा सहभागीहरूले बताएका छन् ।
प्रदर्शनमा सहभागी एक सदस्यले अनलाइनखबरसँग भने, ‘रातो साडीमा प्रधानमन्त्री कार्की र सेतो साडीमा जेनजी आन्दोलनका पीडित परिवारका सदस्यको भूमिकालाई नाटकमार्फत प्रस्तुत गरेका छौं । यो सडक नाटक भए पनि अहिलेको यथार्थलाई देखाउन खोजेका हौं । प्रधानमन्त्री कार्कीले जाँचबुझ आयोगको प्रतिवेदन लुकाउन खोजिरहनु भएको छ । छिटो सार्वजनिकका लागि दबाब सिर्जना गर्न सांकेतिक रूपमा यस्तो प्रदर्शन गरेका हौं ।’
जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि अझै सार्वजनिक हुन नसकेपछि माइतीघर मण्डलामा प्रायः हरेक दिन विभिन्न युवा समूहरूले सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन हुँदै आइरहेको छ ।

प्रतिक्रिया 4