+
+
Shares

कांग्रेसलाई फेरि पहिलो शक्ति बनाउनेगरी लाग्नुपर्छ : सहमहामन्त्री संग्रौला

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते २१:३६

८ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टी सभापति गगनकुमार थापाको राजीनामा समस्या समाधान नभएको बताएकी छिन् । हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले आशा गरे अनुरुपको नतिजा हासिल गर्न नसक्नुमा सभापति थापाको मात्रै दोष नभएको प्रष्ट पारिन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै सहमहामन्त्री संग्रौलाले ३५ वर्षसम्म देशको र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी खुम्चिनुको कारणबारे भने समीक्षा गर्न जरुरी रहेको बताइन् ।

अहिलेको समस्या समाधान गर्दै नियमित महाधिवेशनबाट पार्टीलाई फेरि एकजुट बनाउनु पर्नेमा जोड दिइन् । उनले भनिन्, ‘हामी जुन परिस्थतिमा विशेष महाधिवेशन गरेर सभापतिमा थापालाई ल्याएका थियौं, त्यसको सन्देश जनतासम्म पुग्न सकेन । अब हामीले फेरि प्रयास गरेर आउँदो प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्नुपर्छ ।’

५० दिनमै कसैको कार्यक्षमताको मूल्यांकन नहुने बताउँदै सहमहामन्त्री संगौलाले ३५ वर्षदेखि थुप्रिएको असन्तोषको विष्फोट यस पटकको चुनावमा भएको उल्लेख गरिन् ।

कांग्रेसले पटक पटक सत्ताको नेतृत्व गर्दा डेलिभरी दिन नसकेकै कारण जनताले मत बदलेको उल्लेख गर्दै अब पनि नसच्चिने हो भने आउँदो निर्वाचनमा मन र मत दुवै बदल्ने बताइन् । त्यसलाई रोक्न र जनताको भरोसायोग्य पार्टी बनाउनका लागि नेपाली कांग्रेसले अब सदनमा सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

उनले अगाडि भनिन् ‘कांग्रेस अब ५ वर्ष सत्ताको खेलमा नभएकाले जनताका मुद्दा महँगी, बेरोजगारी, सुशासनका सवालमा सदनमा सशक्त प्रतिपक्ष भएर उभिनुपर्छ भने आवश्यकताका आधारमा सडक पनि तताउन जरुरी छ ।’

अब हुने नियमित महाधिवेशनमार्फत विज्ञ र समाजमा प्रभाव राख्ने व्यक्तित्वहरूलाई सिधै पार्टीको नीतिगत तहमा प्रवेश गराउने बाटो खोल्नुपर्नेमा जोड दिँदै  ‘चेक एण्ड ब्यालेन्स’ गर्न भने जरुरी रहेको उल्लेख गरिन् ।

‘हामीलाई अब दायाँबायाँ गर्ने कुनै पनि छुट छैन । अहिले सभापतिले राजीनामा दिएर भाग्ने होइन, मुलुकसामु आउने नयाँ चुनौतीहरु हामीहरुकै अहिलेको नेतृत्वले समाधान गरेर अघि बढ्ने हो । सत्ता भनेको आउँछ जान्छ तर हामीले नयाँ तरिकाले जनतामा भरोसा दिलाएर फेरि उठ्ने संकल्प गर्न जरुरी छ । हामीमा पनि केही कमीकमजोरीहरु होलान्, त्यसलाई समीक्षा गरेर समाधान गर्दै अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसैले गगन थापाजीले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्नुपर्छ ।’ सहमहामन्त्री संग्रौलाको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?