+
+
Shares

१० घण्टादेखि कांग्रेस बैठक जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी छ र सभापति गगनकुमार थापाको राजिनामाबारे छलफल भइरहेको छ।
  • बैठकमा सरकारको कामकारबाही, राजनीतिक घटनाक्रम, गठबन्धनको अवस्था र पार्टी सुदृढीकरणबारे चर्चा भइरहेको छ।
  • सभापति थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्नुपर्ने प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले पेस गरेका छन्।

८ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी छ । बैठकमा राजनीतिक र सांगठनिक एजेन्डासहित सभापति गगनकुमार थापाको राजिनामाबारे केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन् । बैठक बिहान पौने ९ बजे सुरु भएको हो ।

बैठक आजै सक्ने तयारी रहेको उपसभापति विश्वप्रकाश शर्माको सचिवालयले जानकारी दिएको छ । बैठकमा सरकारको कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रम र गठबन्धनको अवस्था र पार्टी सुदृढीकरण, भ्रातृ संगठनका समस्या र क्रियाशील सदस्यता व्यवस्थाबारे छलफल भइरहेको छ । यससँगै बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यले सभापति थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्नुपर्ने बताएका छन् ।

थापाको प्रस्ताव अस्वीकृत गर्नुपर्ने प्रस्ताव उपसभापति शर्माले पेस गरेका थिए ।सभापति थापा सहभागी नभएपछि बैठक शर्माकै अध्यक्षतामा भइरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?