News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ १७ हजार २ सय ३३ मतसहित विजयी भएका छन्।
- निकटतम प्रतिद्वन्द्वी श्रमशक्ति पार्टीका हस्तराज शेर्माले १४ हजार ७ सय ३४ मत प्राप्त गरेका थिए।
- विजयपछि केरुङले जिल्लाको गरिमा उच्च राख्न प्रयास गरिरहने प्रतिवद्धता व्यक्त गरे।
२४ फागुन, पाँचथर । पाँचथरबाट नेपाली काग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन् । १७ हजार २ सय ३३ मत सहित केरुङ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी श्रमशक्ति पार्टीका हस्तराज शेर्माले १४ हजार ७ सय ३४ मत प्राप्तगरे । नेकपा (एमाले) का अइन्द्र सुन्दर नेम्बाङले १४ हजार ५ सय ३४ र नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४ सय ४३ मत प्राप्त गरेका थिए । रास्वपाका महेन्द्र विक्रम थामसुहाङले ४१९७ मत ल्याए ।
विजयपछि केरुङले आफूले जिल्लाको गरिमा उच्च राख्न प्रयास गरिरहने प्रतिवद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4