+
+
Shares

नवलपरासी कांग्रेसले गर्‍यो प्रदेशमन्त्री र पूर्वमन्त्रीसहित २२ जनालाई कारबाही

कँडेल र भरत थापाले पार्टीबाट टिकट ल्याएका थिए । टिकटमा विवाद भएपछि निर्वाचन आयोगले थापाको उम्मेदवारीलाई कायम गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २३:५१
पूर्वमन्त्री देवेन्द्र कँडेल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस नवलपरासीको अनुशासन समितिले २२ जना नेता कार्यकर्तालाई ५ वर्षका लागि साधरण सदस्य नरहने गरी कारबाही सिफारिस गरेको छ।
  • कारबाहीमा लुम्बिनी प्रदेशका मन्त्री देवकरण कलवार, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र पार्टी सभापति माधव पाण्डे रहेका छन्।
  • कांग्रेस विधान २०१७ दफा ३४ को उपदफा ४ (ख) अनुसार उम्मेदवारको विरुद्धमा प्रचार गरेमा सदस्यता निलम्बन गर्न सकिने व्यवस्था छ।

२१ फागुन,बुटवल । नेपाली कांग्रेस नवलपरासीको अनुशासन समितिले लुम्बिनी प्रदेशका मन्त्री र पूर्वगृहराज्यमन्त्रीसहित २२ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । उनीहरूले पार्टीका उम्मेदवारलाई हराउने उद्देश्यका साथ अन्य दलका उम्मेदवारलाई मत माग्दै हिँडेको भन्दै साधरण समेत नरहने गरी कारबाही गरिएको हो ।

जिल्लामा दुई निर्वाचन क्षेत्र छन् । पार्टीबाट क्षेत्र नम्बर १ मा विनोदकुमार चौधरी र क्षेत्र नम्बर २ मा भीमबहादुर थापा (भरत) उम्मेदवार छन् ।

५ वर्षका लागि साधरण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरिएकामा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री एंव महाधिवेशन प्रतिनिधि देवकरण कलवार, पूर्व गृहराज्यमन्त्री एंव निवर्तमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, क्षेत्र नम्बर २ का पार्टी सभापति माधव पाण्डेसहित क्षेत्र नम्बर १ बाट १९ र क्षेत्र नम्बर २ बाट ३ जना रहेका छन् ।

कँडेल र भरत थापाले पार्टीबाट टिकट ल्याएका थिए । टिकटमा विवाद भएपछि निर्वाचन आयोगले थापाको उम्मेदवारीलाई कायम गरेको थियो ।

नेपाली कांग्रेसको विधान २०१७ दफा ३४ को उपदफा ४ (ख) बमोजिम ५ वर्षका लागि साधरण सदस्यसमेत नरहने गरी कारबाही गर्न भन्दै सिफारिस गरिएको थियो ।

कांग्रेस विधानको उक्त दफामा निर्वाचनको समयमा पार्टीको उम्मेदवारका विरुद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विरोध गरेमा वा असहयोग गरेमा वा अन्य पार्टी वा उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेमा उम्मेदवारको रायसमेत लिई तत्काल पार्टीको सदस्यबाट निलम्बन गर्न सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?