Comments Add Comment

धोनी अलि पहिले आएको भए …

२७ असार, काठमाडौं । ठूलो असफलता । भारतीय क्रिकेट टिमका पूर्व कप्तान सुनील गावास्करले विश्वकप क्रिकेटमा भारतीय टिमको सेमिफाइनल खेलबारे भनेको वाक्यांश हो यो ।

गावाास्कर भारतीय टिम व्यवस्थापन र उनीहरुको निर्णयसँग पूरा विश्वकपलाई हेरेर निराश देखिन्छन् । विशेष त सेमिफाइनलमा न्यूजिल्याण्डसँग १८ रनको हार हुनुमा भारतीय टिमका कतिपय गलत निर्णयले भूमिका खेलेको उनलाई लाग्छ ।

२ सय ४० रनको लक्ष्य पछ्याएको भारतविरुद्ध म्याट हेनरी र टे«न्ट बोल्टले ५ रन बनाउँदै ३ विकेट झार्दिसकेका थिए । त्यस्तो अवस्थाबाट बढेको भारतीय टिममा महेन्द्रसिंह धोनी र रवीन्द्र जडेजाले जितको आश बचाएका थिए । तर जडेजा ४८ औँ ओभरको पाँचौ बलमा क्याच आउट र धोनी ४९ औं ओभरको तेस्रो बलमा रन आउट भएपछि भारतको सपना सकियो ।

भारतको हारपछि धेरै समर्थकले जस्तै गाभास्करले पनि प्रश्न उठाए, महेन्द्रसिंह धोनी ब्याटिङमा आउनुपर्ने स्थान त्यही हो त ? सुरुवातमा रन नबन्दै महत्वपूर्ण विकेट गुमाएको अवस्थामा अनुभवि धोनीलाई सातौँ नम्बरसम्म राख्नु टिमको गल्ती भएको गाभास्करको भनाई छ । रिसभ पन्त, दिनेश कार्तिकका साथै हार्दिक पाण्ड्या भन्दा पछि धोनीलाई ल्याउनुले नै टिमको सोच सही नदेखिएको उनले बताएका छन् ।

२४ रन हुँदा चौथो विकेटका रुपमा दिनेश कार्तिक आउट भएपछि क्रिजमा रहेका ऋषभ पन्तसँग धोनीलाई खेलाएको भए पन्तको भूमिका समेत फेरिने गावास्करको विश्वास छ । तर त्यतिबेला टिकेर टिमलाई बनाउनुपर्ने समय हार्दिकलाई क्रिजमा पठाइएको थियो ।

पन्त र पाण्ड्या दुवै आक्रामक ब्याट्सम्यान भएकाले उक्त निर्णय गलत रहेको विश्लेषण क्रिकेट जानकारहरुको रहेको छ । उक्त निर्णयमा गाभास्कर पनि सहमत हुन सकेका छैनन् ।

‘ऋषभ पन्तले ढुक्क भएर खेल्न अर्को इन्डमा धोनी भएको भए सहज हुने थियो, दुवै आक्रामक ब्याट्सम्यानलाई पठाएर धोनीलाई सातौँ नम्बरमा राख्नु गल्ती भएकै हो’ स्टार स्पोर्टससँग गावास्करले भनेका छन् ।

भारतीय टिमका कप्तान विराट कोहलीलाई सेमिफाइनलमा धोनीलाई किन सातौं नम्बरमा ब्याटिङ गर्न पठाइयो भनी गरिएको प्रश्नमा टिममा विशेष अवस्थामा धोनीको भूमिका त्यही रहने पुरानै योजना रहेको बताएका थिए ।

‘वास्तवमा उनलाई सुरुवातका केही खेलहरु पछि त्यही भूमिका दिइएको थियो । एकतर्फ अवस्था नाजुक भइरहँदा धोनीले अन्तिमसम्म टिमलाई लैजान्छन् भन्ने नै थियो । यदि केही ओभर बाँकी छँदै भएको भए नतिजा अर्कै हुने थियो’ कोहलीले भनेका छन् ।

यसका साथै अग्रक्रममा ब्याट्सम्यान नचलेमा के गर्ने भन्ने योजना भारतीय टिमले नगरेको गाभास्करको भनाई छ । अगाडिका ब्याट्सम्यान नचलेको अवस्थामा अम्बाती रायडु जस्ता खेलाडीको आवश्यकता महसुस भएको पनि उनले बताए ।

भारतीय पूर्व क्रिकेटर भीभीएस लक्ष्मणले पनि रायडुलाई टिममा नराखिएको आपत्ती जनाएका छन् । मध्यक्रममा रायडु जस्ता ब्याट्सम्यानको आवश्यकता भारतीय टिम सेमिफाइनलमा पराजित भएपछि मात्रै नभई पहिले नै सोचेको विषय भएको उनले बताएका छन् ।

यो सबैका पछि भारतीय टिममा नम्बर चार ब्याट्सम्यान को हुने भन्ने लामो समयको तयारीले पनि भूमिका खेलेको उनीहरुले बताएका छन् । नम्बर चारमा ब्याटिङ गर्न केएल राहुललाई तयार पारिएको भए पनि ओपनर ब्याट्सम्यान शिखर धावन चोटका कारण बाहिरिएपछि त्यो सम्भावना कमजोर बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment