Comments Add Comment

‘सिरियल किसर’ इमरान जब विलासी कारमा हुँइकिए

सिरियल किसरको उपाधि पाएका बलिउड अभिनेता इमरान हाशमी हालैमात्र आफ्नो घरको छेउमा लेम्बर्गिनी कार कुदाइरहेको देखियो । इमरानले कार चलाइरहेको भिडियो सार्वजनिक भएपछि मानिसहरुले उनलाई अनौठा जिज्ञासाहरु राख्द विभिन्न प्रतिक्रिया दिएका छन् ।

केही दिन अघि मात्रै इमरान हाशमीलाई मुम्बईको सडकमा एउटा पहेंलो रंगको लेम्बर्गिनी कार कुदाइरहेको देखियो । उक्त सुन्दर कारको मूल्य ४ देखि ५ करोड भारु पर्छ । उक्त कारको मूल्यबाटै के अनुमान लगाउन थालिएको छ भने इमरानको कति महंगो कार किनेका छन् ।

इमरानले लेम्बर्गिनी कार चलाइरहेको भिडियो सार्वजनिक भएपछि प्रारम्भमा त अधिकांशले उनलाई नयाँ कारका लागि वधाइ दिए । प्रतिक्रिया जनाउनेहरु मध्येमा कतिपय व्यक्तिहरुले त इमरान मुम्बईमा बसोबास गरेर त्यति महंगो कार कसरी चलाउन सक्छन् ? भन्ने कुराले चिन्तित समेत देखिए । उनीहरुको चिन्ता छ-उक्त कारलाई मुम्बईमा चलाउन कसरी सम्भव छ, किनभने मुम्बईका सडकहरुमा खाल्डाले भरिएका छन् ।

भिडियोमा इमरानले उबड-खाबड जस्तो देखिने सडक हुँदै लेम्बर्गिनीलाई आफ्नो घर भित्र प्रवेश गराउँछन् । उक्त भिडियो हेरेपछि एक व्यक्तिले इन्स्टाग्राममा लेखे-‘वाह, लिम्बर्गिनीका लागि कस्तो राम्रो बाटो ।’ अर्काले थपे-‘मलाई यो कारप्रति नै दया लागिरहेको छ । मुम्बईमा जस्ता सडक छन्, त्यसमा यो केही समयमै भाँचिने छ ।’ अर्का एक व्यक्तिले त के समेत लेखे भने इमरानले आफ्नो पैसा नै डुबाए, के अब उनले यो कार आकाशमा उडाउने हो ?

यसैबीच इमरान हाशमी यतिबेला नयाँ फिल्म ‘चेहरे’ मा व्यस्त छन् । यो फिल्मको छायांकन भरखरै समाप्त भएको छ, जसमा उनीसंगै अमिताभ बच्चन पनि प्रमुख भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment