Comments Add Comment

विनोदको विस्फोटक ब्याटिङ, मलेसियालाई १७४ रनको लक्ष्य

२९ असार, काठमाडौं । दोस्रो टी-२० मा विनोद भण्डारीको अर्धशतकको मद्दतमा नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ ।

मलेसियाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पर्दासम्म उसले १०.२ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।

पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका भिरनदीव सिंह र शेयद अजिज दुवै आउट भए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका हुन् ।

यसअघि किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो । ओपनरद्वय पारस खड्का र पवन सरार्फले ३४ रनको साझेदारी गरे ।

पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।

रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए ।

छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए ।

करण केसीले १६ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment