Comments Add Comment

कस्तो छ प्रियंकाको नयाँ फिल्म ?

बलिउड अभिनेत्री प्रियंका चोपडा यति बेला एउटा नयाँ फिल्ममा व्यस्त भएकी छिन् । अभिनेत्री चोपडा तथा जायरा वसीम अभिनित नयाँ फिल्म ‘द स्काइ इज पिंक’ यतिबेला सम्पादन कक्षमा छ । फिल्मको सम्पादन निर्माता सिद्धार्थ रोय कपूरको मुम्बईको खार-पश्चिमस्थित कार्यालयमा नियमित रुपमा भैरहेको छ । सिद्धार्थले आफ्नो कार्यालयमै सम्पादन कक्ष निर्माण गरेका छन्, ताकि उनको फिल्मको सम्पादनमा कुनै प्रकारको ढिलाइ अथवा अवरोधको सम्भावना नरहोस् ।

फिल्मका सम्पादन मानस मित्तले उक्त फिल्मको सम्पादन जुलाईको अन्त्यसम्ममा सम्पन्न हुने बताइसकेका छन् । लगत्तै उक्त फिल्मको साउण्ड र म्युजिक मिक्सिङ तथा भिएफएक्सको काम थालिने छ । निमर्ँताले यो फिल्मलाई अक्टोबर ११ का दिन प्रदर्शन गर्ने योजना बनाएका छन् ।

शोनाली बोसद्वारा निर्देशित यो एउटा बायोग्राफिकल फिल्म हो, जुन मोटिभेसनल स्पकिर आईशा चौधरीको जीवनीमा आधारित छ । छ महिनाको उमेरमा बोन म्यारो ट्रान्सप्लान्ट गरिएकी आईशा चौधरीको केही समयपछि नै साइड-इफेक्टको रुपमा पल्मोनरी फाइबरोसिस जस्तो घातक रोग लागेको थियो । केवल १९ वर्षको उमेरमा उनको निधन भएको थियो ।

प्रियंका चोपडामाथि सलमान खानको फिल्म ‘भारत’ लाई छोडेर यो फिल्म छनोट गरेको आरोप लागेको थियो । त्यसो त प्रियंका यो फिल्मकी सह-निर्मात्री समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment