Comments Add Comment

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

३० असार, काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २/२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० लाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसरी उद्दार गरी सुरक्षित स्थानमा सारिएकाहरूको संख्या १ हजार ४ ४५ बाढी रहेको नेपाल प्रहरीले जनाएको छ ।

डोल्पामा ९ जनासहित ३२ जना वेपत्ता भएका छन् । साथै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३/३ जना, गरी जम्मा ३९ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment