Comments Add Comment

नेकपाका राजनीतिक प्रतिवेदन प्रेसमा पठाइयो

नेताहरुको कार्यविभाजनमा गृहकार्य

३० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष र बरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति भएर पनि प्रकाशनमा नगएको पार्टीको राजनीतिक प्रतिवेदन सोमवार प्रेसमा पठाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफलपछि राजनीतिक प्रतिवेदन प्रकाशनका लागि प्रेसमा पठाइएको महासचिव बिष्णु पौडेलले बताए । यसअघिनै राजनीतिक प्रतिवेदनका कतिपय भाषा सच्याएर सहमति सहित प्रकाशनमा पठाउने निर्णय भएको थियो ।

केन्द्रीय सदस्यहरुको कार्य बिभाजनअघि प्रमुख नेताहरुबीच गृहकार्य हुने महासचिव पौडेलले बताए । यसअघिनै नेताहरुबीच जिल्ला इन्चार्ज र सहइन्चार्ज यसअघिकैलाई जिम्मेवारी दिने सहमति भइसकेको छ ।

बाँकी नेताहरुको कार्य बिभाजनको प्रस्ताव तयार भए पनि नेताहरुबीच सहमति हुन बाँकी छ । स्रोतका अनुसार बरिष्ठ नेता माधव नेपाल विदेश बिभाग प्रमुख र झलनाथ खनाल नीति तथा योजना बिभाग प्रमुख हुनेछन् ।

त्यस्तै बामदेव गौतम किसान फाँटको प्रमुख, नारायणकाजी श्रेष्ठ प्रचार तथा प्रकाश बिभाग प्रमुख र सुवास नेम्वाङ संसदीय बिभाग प्रमुख हुने प्रस्ताव गरिएको छ । संगठन बिभाग र स्कूल विभागमा कुरा मिलेको छैन ।

अध्यक्ष ओलीले योगेश भट्टराईलाई प्रचार बिभाग प्रमुख बनाउन चाहे पनि पछिल्लो समय उनलाई मन्त्री बनाउने चर्चा चलेकाले नारायणकाजीले सो बिभाग पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment