+
+
Shares

नेपाल इन्भेस्टमेन्टमा गाभियो जेबिल्स, एकीकृत कारोबार सुरू

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते २०:२१

३० असार, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले जेबिल्स फाइनान्स लिमिटेडलाई एक्वायर (प्राप्ति) गरेको छ । बैंकले जेविल्सलाई प्राप्ति गरी सोमबारदेखि एकीकृत कारोबारसमेत शुभारम्भ गरेको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी वृद्धि भइ १२ अर्ब ८९ करोड पुगेको छ ।

जुन निजी क्षेत्रका वाणिज्य बैंकहरूमध्ये सर्वाधिक हो । हाल बैंकको कुल निक्षेप १४७ अर्ब र कुल कर्जा १३२ अर्ब रुपैयाँ पुगेको छ । राजधानीको प्युखा, न्युरोडमा नवस्थापित ८१ औं शाखाको शुभारम्भ गर्दै नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बैंकले आगामी आर्थिक वर्ष पनि मर्जर तथा एक्विजिसन  ९प्राप्ति०लाई आफ्नो रणनीतिक योजनाको हिस्साका रूपमा रहने बताए ।

एनआईबीएलको देशभरिमा ८१ वटा शाखा, ११८ एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन केन्द्र र ५१ शाखारहित बैंकिङ काउन्टरहरू छन् । एनआईबीएल बेलायतको प्रसिद्ध फाइनान्सियल टाइम्स ग्रुपको बैंक म्यागजिन द बैंकरद्वारा पाँच पटकसम्म ‘बैंक अफ द इयर’ अवार्ड पाउने नेपालको एकमात्र बैंक हो ।

यस बैंकले बेस्ट बैंक २०१८ का लागि ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ तथा इक्रा नेपालद्वारा ‘ए प्लस’ शाख निर्धारण (क्रेडिट रेटिङ) पाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?