Comments Add Comment

खण्डग्रास चन्द्रग्रहण : कुन राशीलाई कस्तो असर ?

सबै ग्रहहरु निरन्तर आफ्नो दिशा र गतिमा घुमिरहेका हुन्छन् । यही क्रममा जब चन्द्रमा र पृथ्वीको बीचमा राहु र केतु आइपुग्छ, त्यसको कालो धब्बा पृथ्वीमा पर्छ । ग्रहहरुको यस अवस्थितिलाई हामी खण्डग्रास चन्द्रग्रहण भन्छौं ।

खण्डग्रास चन्द्रग्रहणमा के गर्ने, के नगर्ने भन्ने कुरा गर्दा कतिपयलाई यो अन्धविश्वास जस्तो लाग्छ । तर, चन्द्रमामा राहु र केतुको जुन छायाँ ग्रह पर्छ, त्यसबाट उत्पन्न नकारात्मक ऊर्जाले पृथ्वीका प्राणी मात्र होइन, चराचर जगतलाई नै असर पार्छ । यो असर पनि ग्रह अनुसार फरक हुन्छ ।

यसपाली खण्डग्रस चन्द्रगहण राति एक बजेर ४६ मिनेटबाट सुरु हुनेछ । तीन बजेर पन्ध्र मिनेटमा मध्य हुनेछ । यो अवस्था ४ बजेर ४५ मिनेटसम्म कायम रहनेछ । अर्थात कुल अवधी २ घण्टा ५९ मिनेटसम्म चन्द्रग्रहण लाग्नेछ ।

के गर्ने, के नगर्ने ?

चन्द्र ग्रहण लागेको बेला के गर्ने, के नगर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । चन्द्रग्रहण लाग्ने रातको अघिल्लो दिन अपराह्न ४ बजेर ४६ मिनेटपछि भोजन गर्न निषेध छ । मन्दिर जाने, पूजापाठ गर्ने काम पनि रोक्नुपर्छ ।

बालक, बृद्धबृद्धा, औषधी सेवन गर्नुपर्ने अवस्था बाहेकका व्यक्तिले खानेकुरा सेवन गर्नु हुँदैन । चन्द्रग्रहणको बेला सुत्नु हुँदैन ।

के हुन्छ ?

निद्रयां जायते व्याधि, मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर । अभ्यन्जने भवेत्कृष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत सर्प बधे च नरक व्रजेत ।

यो अवस्थामा सुतियो भने रोग व्याधी उत्पन्न हुन्छ । शौच गरियो भने दरिद्रता हुन्छ । यौन सम्पर्क गरियो भने गाउँको सुँगुर बराबर हुन्छ । भोजन गरियो भने अद्योगतिमा लागिन्छ । यी आदि कार्य गरियो भने नरकको बन्धनमा परिन्छ ।

कसलाई राम्रो ?

यसले चार वटा राशीलाई राम्रो छ ।

कर्कट- सुख प्राप्ति

तुला- श्री प्राप्ति

कुम्भ- लाभ

मीन- सुखम्

कसलाई हानी ?

धनु र मकर राशीबीच ग्रहण लाग्ने भएकाले विशेष गरेर धनु र मकर राशीका व्यक्तिले भोजन नगर्ने । सयन नगर्ने । ‘ओम सोम सोमाय नमः ओम नमो भगवते बासुदेवाय’ मन्त्रोच्चरण गर्ने । ग्रहणपछि अर्थात भोलिपल्ट सेतो चिज दान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment