+
+
WC Series
जनकपुर बोल्ट्स 2025
86/7 (14.6)
VS
३० बलमा ७० रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

असार मसान्तको चाप, बैंक काउन्टर रातीसम्म खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३१ गते ११:४६

३१ असार, काठमाडाैं । आज ३१ असार, चालु आर्थिक वर्ष २०७५/७६ को अन्तिम दिन । वर्षभरको सम्भवतः सबैभन्दा बढी राजस्व संकलन हुने र सरकारले भुक्तानी गर्ने दिन । सरकारले राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर पुरै सयम खुला राख्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

यस दिन रातको १२ बजेसम्म पनि भुक्तानी र राजस्व संकलन जारी रहने महालेखा नियन्त्रण कार्यालयले उल्लेख गरेको छ । राजस्व बुझ्ने सबै बैंकको शाखा र काउन्टर पुरै समय खुला गरि नियमित राजस्व बुझ्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिइएको छ ।

यस दिन खर्चको चेक पनि यसै दिन साट्ने व्यवस्था मिलाउन सबै चेक क्लियरिङ हुने शाखा र काउन्टर रातीसम्म कारोबारको व्यवस्था मिलाउन अर्थ मन्त्रालयले राष्ट्र बैंकमार्फत बैंकहरुलाई निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?