Comments Add Comment

प्रणाम गुरु ! गुरुपूर्णिमाका १० तस्वीर

३१ असार, काठमाडौं । हिन्दू धर्माबलम्बीहरुले आज गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरुपूर्णिमा मनाउँदैछन् । आफूलाई शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गर्दै शिष्यहरुले मनाउँछन् । काठमाडौंका धेरै विद्यालय र क्याम्पसमा विद्यार्थीहरुले गुरुहरुको सम्मानमा कार्यक्रमहरु गरेका छन् ।

संस्कृत भाषामा गु को अर्थ अन्धकार र रु को अर्थ नष्ट गर्ने भन्ने हुन्छ । शिष्यहरुको अन्धकारलाई हटाउने र ज्ञानको उज्यालो छर्ने व्यक्तिको रुपमा गुरुको सम्मान हुने गरेको छ ।

मंगलबार पशुपति क्षेत्रमा रहेको नेपाल वेद विद्याश्रमका विद्यार्थीहरुले गुरुप्रति सम्मान व्यक्त गर्दै विभिन्न श्लोक प्रस्तुत गरे । कपितय शिष्यहरुले गुरुको गोडा ढनै ढोगेर सम्मान व्यक्त गरे ।

हेर्नुहोस् तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment