Comments Add Comment

साना विकास लघु वित्तीय संस्थालाई १ अर्ब

३१ असार, काठमाडौं । सरकारले ग्रामीण स्वावलम्बन कोषबाट सञ्चालित कार्यक्रमहरु साना विकास लघु वित्तीय संस्थालाई हस्तान्तरण गरेको छ । कोषको १ अर्ब रुपैयाँसहित सबै कार्यक्रम संस्थालाई हस्तान्तरण गरिएको हो ।

मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जीवि नेपालको उपस्थितिमा कोषलाई संस्था मातहत ल्याउने सम्बन्धमा हस्ताक्षर आदान प्रदान भयो । २०४७ सालमा कोष स्थापना भएको थियो । कोष राष्ट्र बैंक मातहत रहेको थियो ।

गभर्नर नेपालले सक्षम रुपमा सञ्चालित यो कार्यक्रम संस्था मातहत अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे । सरकारले चालु आर्थिक वर्षको बजेटमा ग्रामीण स्वावलम्बन कोष, गरिबी निवारण कोष, यूवा स्वरोजगार कोषजस्ता कोषलाई एउटै छातामुनी ल्याएर व्यवस्थित गर्ने नीति लिएको थियो । आर्थिक वर्षको अन्तिम दिन यो कोषलाई संस्थामा गाभिएको हो ।

कोषबाट सञ्चालित कार्यक्रमलाई व्यवस्थित गर्ने प्रक्रिया शुरु भएको अर्थमन्त्री डा. खतिवडाले बताए । उनले कुनै पनि कार्यक्रममा दोहोरोपन नहोस् र लक्षित वर्गसम्म कार्यक्रमको पहुँच पुगोस भन्ने उद्देश्यले कोषलाई संस्थामा गाभ्ने निर्णय भएको बताए ।

यस संस्थाले कोषका कार्यक्रम आफू मातहत ल्याएपछि अब बैंकले पत्याउन शुरु नगरिसकेका र सहकारी संस्थाले ऋण नदिने साना किसान तथा उद्यमीलाई समेटेर जानु पर्ने बताए । अर्थमन्त्री खतिवडाले नियमनकारी संस्था नै सञ्चालक बसेर संस्था चलाउन नहुने मान्यता अनुसार नै राष्ट्र बैंकबाट यो कार्यक्रम संस्था मातहत ल्याउनु परेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment