Comments Add Comment

तपाईंको कार्यथलोमा सम्बन्ध छ ?

घरपछि कर्यथलो अर्थात अफिस एउटा त्यस्तो स्थान हो, जहाँ तपाई सबैभन्दा बढि समय बिताउनु हून्छ । त्यसैले तपाइर्ं आफ्नो अफिसका सहकर्मीहरुसँग पनि सकारात्मक हुनु आवश्यक छ ।

तपाई कुनै अफिसमा काम गर्न थालेपछि त्यहाँ तपाईको कोहि न कोहिसंग राम्रो मित्रता हुन्छ  । उसलाई तपाई आफ्ना सबै कुराहरु शेयर गर्न थाल्नुहुन्छ । उसलाई घर र अफिस दुबैको समस्याहरु शेयर गर्न थाल्नुहुन्छ । उ संग चिया पिउन जाने, खाजा खान जाने र हरेक कुरा गर्न तपाईलाई रमाइलो लाग्न थाल्छ । उ तपाईको अफिसको सबैभन्दा राम्रो साथी बन्छ । तपाई उसंग रमाईलो पलहरु बिताउन थाल्नुहुन्छ । तर तपाईंलाई थाहा छ, तपाईहरुको त्यस्तो मित्रता अरुलाई मन नपर्न सक्छ ।

मानिस तपाईहरुको यस्तो सम्बन्धमा शंका गर्न थाल्छन् । यिनिहरुबीच चक्कर चलेको छ कि भन्ने जस्ता प्रस्न उठाउन थाल्छन् । जहिले पनि संगै हुने, केहि न केहि त पक्कै छ भनेर सोच्न थाल्छन् । अझ तपाईको बोस र तपाईबीच राम्रो सम्बन्ध छ र यहि क्रममा तपाईको प्रमोसन पनि भयो भने महिलालाई बोससँग सम्बन्ध छ भन्छन् र पुरुषलाई यसले भनसुन गरेछ भन्न थाल्छन् ।

अफिसमा तपाइर्ंले काम राम्रो गर्नु भएको कसैलाई मतलब हुँदैन तर तपाईको बोसलाई तपाई बिरुद्ध कुरा लगाउने, भड्काउने कामहरु तिब्र गतिमा हुन्छ । तर तपाईले यस्ता कुरामा पटक्कै ध्यान दिनु हुँदैन । आफ्नो काममा ध्यान दिनुहोस् र अफिसमा त्यस्ता कुरा हुँदै गर्छन् भन्दै आफु अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।

अरुले भन्यो भन्दैमा आफ्नो साथीको साथ छोड्ने अथवा बोससंग टाढा हुने जस्ता काम गर्नु हुँदैन । किनभने तपाई आफुलाई थाहा छ, तपाई सहि हुनुहुन्छ । आफु सहि भएपछि अरुको अनावश्यक कुरामा ध्यान दिनु आवश्यक हुँदैन । तपाईले अफिसमा आफ्नो  जिम्मवारी राम्रोसँग निभाउनु पर्छ, काममा सधैं ध्यान दिनु पर्छ । यदि कोहि तपाईंसँग राम्रो व्यवहार गर्छ, मित्रताके हात अगाडि बढाउछ भने उसंग साथी बन्नु पर्छ ।

अफिसमा पनि त्यस्ता धेरै व्यक्ति हुन्छन्, जसलाई आफ्नो कामभन्दा अरुको बढि चियो गर्ने बानी हुन्छ । अरुलाई बोलीले घोचपेच गर्ने, उडाउने र जिस्काउने गरेर आफु मनोरन्जन लिने गर्छन् । तर यी सब कुराका कारण तपाइर्ंले आफ्ना साथीभाईसँग सम्बन्ध टुक्राउनु हँुदैन । तपाइर्ंले उनीहरुलाई शालीन भएर सम्झाउने कोशिश गर्नुपर्छ । उनीहरुसंग अनावश्यक कुरा नगर्नुहोस्, काम पर्दा मात्र बोल्नुहोस ्साथै उनीहरु र उनीहरुको कुरालाई सम्मान दिनुहोस् ।

यदि तपाईंलाई केही समस्या परेको छ भने उनीहरुबाट सहयोग पनि लिन सक्नु हुन्छ , जसले तपाईको सम्बन्ध राम्रो बनाउन सहयोग गर्छ । कहिलेकाहि कुनै व्यक्तिलाई धेरै सम्मान दियो भने उसले गलत अर्थ बुझ्न सक्छ, त्यसैले यस्तो स्थिती आउन दिनु हुँदैन । साथै अरुको सहायताको लागि सधै तयार रहनु पर्छ ।

यस्ता कुराहरुमा ध्यान दिनाले तपाईको अपिसमा पनि राम्रो छवि बनाउन सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment