Comments Add Comment

अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

१ साउन, काठमाडौं । अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । चार महिला सांसदविरुद्ध कथित नस्लीय टिप्पणी गरेकाले ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरिएको हो ।

बीबीसीका अनुसार, प्रतिनिधिसभामा दर्ता भएकाे खेद प्रस्ताव २४० मतले पारित भएको हाे । प्रतिनिधिसभामा  १८७ डेमोक्रेटिक सदस्य छन् । यसबाट के बुझिन्छ भने ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरुले पनि उनीविरुद्धको प्रस्तावको पक्षमा भोट दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चार महिला सांसदहरु अलेक्जेन्ड्रिया ओकासियो कोरटेज, रशिदा तलिब, अइयाना प्रेस्ली र इल्हान ओमारविरुद्ध ट्वीटरमा कडा टिप्पणी गरेका थिए । यिनीहरुमध्ये इल्हान ओमार सोमालियामा जन्मिएकी थिइन्, तर सानैमा अमेरिका आएकी थिइन् । अन्य तीन जना भने अमेरिकामै जन्मिएका थिए । ट्रम्पले खासगरी ओमारलाई लक्षित गर्दै यी महिला मूल रुपमा त्यो देशका हुन् जसको सरकार पूर्णरुपमा विनाशकारी छ ।

यो टिप्पणीको व्यापक आलोचना भइरहेको छ । खेद प्रस्तावमा ट्रम्पको टिप्पणीलाई नश्लवादी भनिएको छ । यद्यपि ट्रम्पले त्यसलाई नश्लवादी नभएको जिकीर गर्दै आएका छन् ।

सोमबार आयोजित एक प्रेस कन्फरेन्समा ट्रम्पले भनेका छन्, ‘म नश्लवादी होइन । मेरो कुरालाई गम्भीर रुपमा नलिनु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment