Comments Add Comment

डुवानपछि रौतहटको अवस्था बुझ्न आइपुगे नेता र मन्त्री

१ साउन, रौतहट । बाढी प्रभावित बनेको रौतहटको अवस्था बुझ्न उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठसहितको टोली सदरमुकाम गौर आएको छ ।

त्यस्तै नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, विकास समितिकी सभापति कल्याणी खडका, नेकपा नेता प्रभु साह तथा राजपा नेपालका संयोजक अनिल झालगायतको टोली हेलिकोप्टरबाट रौतहट आएका हुन् ।

टोलीले रौतहटका सुरक्षा अधिकारी तथा नेताहरु सँग बस्तुस्थितिको बारेमा जानकारी लिएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री रामबहादुर थापाले विपदबाट जोगाउन गर्नुपर्ने तयारी सरकारले गरिरहेको बताए ।

‘सरकारले आफ्नो तर्फ बाट गर्नु पर्ने तयारीहरु गरिरहेका छौं’ गृहमन्त्री थापाले भने ‘जनधनको क्षति हुन नदिन हामीले काम गरिरहेका छौं । विपद व्यवस्थापन समितिले क्षति न्यूनीकरण गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय तहको स्तरमा पनि काम अगाडि बढाएको छ ।’ विपदपछिको पुनर्निर्माणमा सरकार जुटेको पनि उनले बताए ।

ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले बाढीको जोखिमका बारेमा पूर्वसूचना दिने गरेको बताए । पानी घटिसकेकोले पुनर्निर्माणका लागि पनि मातहतका कार्यालयहरुलाई निर्देशन दिएको उनले बताए । अझै पनि मनसुन बाँकी रहेकोले आउने दिनमा थप क्षति नहोस् भन्नका लागि कुटनीतिक रुपमा पनि पहल भइरहेको उनले बताए ।

बाढीबाट स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राखेर विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताए । झाडापखाला जस्ता सरुवा रोग नियन्त्रण गर्न र महामारी फैलन नदिन स्वास्थ्य मन्त्रलायले तयारी गरेको उनले बताए । प्रदेशस्तरमै स्वास्थ्य अवस्थाको अवलोकन तथा निगरानीका लागी पनि संयन्त्र बनाइएको स्वास्थ्य मन्त्री यादवले बताए ।

गत शुक्रबार लाल बकैया र बाग्मती नदी उर्लिएर मंगलबार राति पसेको बाढीका कारण रौतहटमा ठूलो क्षति भएको छ । बाढीका कारण जनजीवन निकै कष्टकर बनेको छ भने बाग्मती र लाल बकैया नदीको बाँध विभिन्न स्थानमा फुट्दा हजारौ परिवार विस्थापित बनेका छन् ।

मन्त्रीहरुले हेलिकप्टर बाटै निरीक्षण गरेको र स्थालगत रुपमा पीर मर्का नसुनेकोमा स्थानीयले भने गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment