Comments Add Comment

राम्रो तटबन्धन गरे डुवान हुन्नः गृहमन्त्री

१ साउन, जनकपुरधाम । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय बाँधका कारण मात्र नेपाली भूभाग डुवानमा नपरेको दाबी गरेका छन् । नेपाली भूमिमामा ठीक ढंगले तटबन्ध बनाए डुवान समस्या समाधान हुने उनको दाबी छ ।

गत साता अविरल वर्षासँगै आएको बाढीले तराई मधेसका जिल्लाहरु डुवानमा परेका छन् । सीमा क्षेत्रमा भारतले बनाएका संरचना तथा भएका बाँधका ढोकाहरु समयमा नखोल्दा नेपाली भूभाग डुवानमा परको स्थानीय अधिकारीहरुले समेत स्वीकार गरेका छन् ।

तर बुधबार डुवान प्रभावित क्षेत्रको भ्रमण गरेका गृहमन्त्री बादलले भने समस्या नेपालतर्फ नै रहेको बताए । डुवान समस्याबारे भारतसँग पनि कुराकानी गरेको भन्दै उनले भने, ‘त्यो (भारतीय) बाँध भन्दापनि हाम्रोतिर ठिक ढंगले तटबन्धन गर्न सक्यौं भने त्यसले समस्या समाधान गर्न सकिन्छ ।’

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले विपद् व्यवस्थापनका लागि प्राधिकरण गठन गर्ने बताए । यसको नियमावली बनिसकेको उनले बताए ।

चुरे विनाशले मधेसमा अत्याधिक बाढी आउने गरेको भन्दै उनले चुरे संरक्षणमा जोड दिन सबैसँग आग्रह गरे ।

गृहमन्त्री थापासँगै हेलिकप्टरमा आएका राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय बाँधले नेपाल डुबानमा नपरेको बरु, नेपाली तटबन्धले नै बाढी र डुबानको समस्या ल्याएको बताए ।

नेपाली तटबन्धहरुलाई २५ वर्षदेखि मर्मत सम्भार नगरिएकै कारण नेपाली भू-भाग डुबानमा पर्ने गरेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment