
बलिउडमा अब नयाँ पुस्ताले कब्जा जमाउँदैछ । उनीहरुको आगमनले बलिउडलाई कस्तो गति र दिशा दिनेछ ? नतिजा कुर्नपर्नेछ ।
अहिले श्रीदेवी पुत्री जान्ह्वी कपूरदेखि सैफ अली खान पुत्री सारा अली खानसम्मले बलिउडमा पाइला टेकिसकेकी छिन् । उनीहरुले सुरुवाती छनक निकै राम्रो देखाएका छन् । उनीहरुकै पदचाप पच्छ्याउँदै अरु पनि स्टार किड्स बलिउड प्रवेश गर्ने क्रम छ ।
वर्ष २०१९ मा प्रदर्शन भएका थुप्रै फिल्महरुमार्फत बलिउडमा नयाँ अनुहारहरुको प्रवेश भएको छ, जसमध्ये केही स्टार किडहरु यस्ता छन् ।
अनन्या पाण्डे
पुराना अभिनेता चंकी पाण्डेकी छोरी हुन् अनन्या पाण्डे । उनले यही वर्ष प्रदर्शन भएको फिल्म ‘स्टुडेन्ट अफ द इयर-२’ बाट बलिउडको यात्रा प्रँरम्भ गरेकी हुन् । २० वषर्ीया अनन्या पाण्डेको उक्त पहिलो फिल्ममा टाइगर श्राफ पनि थिए ।
टाइगर बलिउडकै पुराना अभिनेता ज्याकी श्राफका छोरा हुन् । यतिबेला अनन्या आफ्नो दोस्रो फिल्म ‘पति पत्नी और वो’ का छायांकनमा व्यस्त छिन् । सुन्दर मुहार तथा आकर्षक व्यक्तित्वकी धनी अनन्या सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहन्छिन् ।
मीजान जाफरी
आफ्नो अभिनयमार्फत दर्शकहरुलाई हँसाउन सिपालु अभिनेता जावेद जाफरीका छोरा मीजान जाफरी पनि बलिउडमा भित्रिएका छन् । मीनाजले निर्देश्ँक सञ्जय लीला भन्सालीसँग डेब्यू गर्ने मौका पाएका हुन् ।
भन्सालीद्वारा निर्देशित फिल्म ‘मलाल’ मार्फत मीजान बलिउडमा आउन लागेका हुन् । मीजानसंग उक्त फिल्ममा शर्मिन शहगलले काम गरेकी थिइन् । पछिल्लो समय अमिताभ बच्चनकी नातिनी नव्या नवेलीसंग मीजान जाफरीको प्रेम सम्बन्ध चर्चा चलिरहेको छ ।
शर्मिन शहगल
बलिउडका लोकपि्रय फिल्ममेकर सञ्जय लीला भन्सालीकी भान्जी हुन् शर्मिन शहगल । शर्मिनले आफ्नै मामा भन्सालीको निर्देश्ँनमा बनिरहेको फिल्म ‘मलाल’ मार्फत बलिउडको यात्रा प्रारम्भ गरेकी हुन् । शर्मिन शहगलकी आमा बेला शहगल पनि फिल्म क्षेत्रमै आवद्ध छिन् । बेला बलिउडकी चर्चित भिजुअल एडिटर हुन् । शर्मिनले मीजान जाफरीसँगै बलिउडमा डेब्यू गरेकी हुन् ।
करण कपाडिया
बलिउड अभिनेत्री सिम्पल कपाडियाका छोरा तथा डिम्पल कपाडियाका भान्जा करण कपाडियाले पनि यही वर्षदेखि बलिउडमा डेब्यू गरेका छन् । करणले यही वर्ष प्रदर्शन भएको फिल्म ‘ब्ल्याक’ मार्फत डेब्यू गरेका हुन् उनको यो पहिलो फिल्ममा अभिनेता सनी देओल पनि देखिएका थिए । आकर्षक व्यक्तित्वका धनी करण स्वीमिङ, हर्स राइडिङ तथा मार्शल आर्ट्समा सौखिन छन् ।
प्रानूतन बहल
लोकपि्रय अभिनेत्री नूतनकी नातीनि तथा अभिनेता मोहनीश बहलकी छोरी प्रानूतन बहल पनि यही वर्षदेखि बलिउडमा भित्रिएकी छिन् । प्रानूतनले यसै वर्ष प्रदर्शन भएको फिल्म ‘नोटबुक’ मार्फत बलिउडमा डेब्यू गरेकी हुन् । सलमान खानको प्रोडक्सनमा निर्माण भएको उक्त फिल्ममा प्रानूतन बहलसंग जहीर इकबाल देखिएका थिए ।
आलिया फर्नीचरवाला
अभिनेत्री पूजा बेदीकी छोरी आलिया फर्नीचरवालाले पनि यही वर्षदेखि बलिउडमा डेब्यू गर्दैछिन् । निर्देश्ँक नितिन कक्कडको आगामी फिल्म ‘जवानी जानेमन’ मार्फत उनले डेब्यू गर्न लागेकी हुन् । उक्त फिल्लमा सैफ अली खानकी छोरी सारा अलि खान पनि देखा पर्दैछन् । आलियाको उक्त पहिलो फिल्म यही वर्षको नोभेम्बर महिनामा प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया 4