Comments Add Comment

धनगढीमा शक्तिशाली बम विष्फोट, ५ जना घाइते

Photo Credit : दिपक उपाध्याय/अनलाइनखबर

२ साउन, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह,  कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे छन् ।

स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् ।

घटनास्थलबाट बरामद पेस्तोल ।

प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ ।

घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा विप्लव समूहको संलग्नता देखाएको छ । घाइते मध्ये सिंह र सेरला विप्लव समूहका सदस्य भएको प्रहरीले जनाएको छ ।

उनीहरूले नै बोकेर ल्याएको कन्टेनर विष्फोट भएको अनुसन्धानबाट खुलेको छ । ‘एक्सिडेन्ट्ली घट्ना भएको जस्तो देखिन्छ । विस्तृत अनुसन्धान भइरहेको छ’, एसपी गिरीले अनलाइनखबरसँग भने ।

यो पनि पढ्नुहोस प्रत्यक्षदर्शी भन्छन्- झोला भिरेको मान्छे बस्ने वित्तिकै पड्कियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment