Comments Add Comment

विप्लव समूहले भन्यो–आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा पड्कियो

३ असार, काठमाडौं । बिहीबार साँझ धनगढीको शहीद गेटमा नजिकै भएको शक्तिशाली विष्फोटमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको संलग्नता पुष्टि भएको छ ।

शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो ।

विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको पनि स्वीकारिएको छ । घटनामा अन्य चार जना घाइते छन् ।

घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये सेरलामा पनि विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छ । यद्यपि, उनीमाथि विज्ञप्तिमा केही उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस विप्लव समूहले विष्फोटक पदार्थ ओसार्दा अर्को ‘दुर्घटना’

भनिएको छ, ‘विष्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं । घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’

साथै, घटनाको मुलकारण ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भएको पनि समूहले दाबी गरेको छ ।

पढ्नुस् विज्ञप्ति

यो पनि पढ्नुहोस प्रत्यक्षदर्शी भन्छन्- झोला भिरेको मान्छे बस्ने बित्तिकै पड्कियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment