Comments Add Comment

पहिलो पटक आर्कटिक सर्कलमा ऋतिक र टाइगरको सिन

बलिउड अभिनेता ऋतिक रोशन तथा टाइगर श्राफको फिल्म ‘वार’ को टीजरले दर्शकको मन जितेको छ । टीजर सार्वजनिक भए लगत्तै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

यसैबीच, उक्त फिल्मसँग सम्बन्धित एउटा रोचक कुरा सार्वजनिक भएको छ । यो फिल्म विश्व सिनेमा इतिहासको पहिलो त्यस्तो फिल्म बनेको छ, जुन आर्कटिक सर्कलमा छायाकन गरिएको छ । रोचक कुरा के छ भने ऋतिक तथा टाइगरको उक्त फिल्मको टिजरमा खतरनाक स्टन्ट तथा एक्सन दृष्यहरु देखाइएको छ ।

ऋतिक र टाइगरको एउटा फाइटको दृष्य फिनल्याण्डमा छायांकन गरिएको हो । उक्त दृष्य हिउँमा गुडिरहेको एड्रिनालाइन पम्पिङ कारसहित छायांकन गरिएको हो । फिनल्याण्डको उक्त भूभाग आर्कटिक सर्कलमा पर्दछ ।

फिल्म वारका निर्देशक सिद्धार्थका अनुसार उनीहरु फिल्मका दर्शकहरुलाई एउटा त्यस्तो एक्सन दृष्य दिन चाहान्थे, जुन आजसम्म कुनै पनि हिन्दी फिल्ममा प्रयोग नगरिएको होस् । उनका अनुसार चलचित्रको उक्त कार सिक्वेन्स निकै लामो छ । ‘हामीलाई हाम्रो प्रोडक्सन टीमले नै के भनेका छन् भने यो विश्वकै पहिलो फिल्म हो, जुन आर्कटिकमा एक्सन दृष्य छायांकन गरिरहेको छ, निर्देशक सिद्धार्थको भनाइ छ ।

फिल्ममा प्रयोग गरिएका एक्सनका दृष्यहरु हेर्दा जति अद्भूत देखिन्छन्, ती दृष्यको छायांकनको क्षण अझ बढि खतरनाक भएको बताइन्छ । फिल्ममा एक्सन निर्देशक पल जेनिङ्ग्सले आइसमा ती एक्सन दृष्यलाई पूर्ण रुपमा डिजाइन गर्न सहयोग पुर्याएका थिए ।

ऋतिक रोशन र टाइगर श्राफसहित वाणी कपूरसमेतको मुख्य भूमिका रहेको यो फिल्म अक्टोबर २ का दिन प्रदर्शन हुँदैछ । यो फिल्म हिन्दीसहित तमिल तथा तेलुगु भाषामा पनि प्रदर्शन हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment