Comments Add Comment

सैनामैनाका १८ विद्यालयलाई २ करोडका डिजिटल उपकरण

५ साउन बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाका १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरणहरु वितरण गरिएको छ ।

१ करोड ७४ लाख ८९ हजार रुपैयाँको लगानीमा नगरपालिकाले सामुदायिक विद्यालयका लागि ल्यापटप, कम्प्युटर, प्रोजेक्टर र प्रिन्टर (आइसीटी सामग्री) वितरण गरेको हो ।

आइतबार आयोजित समारोहमा विद्यालयलाई दुई सय ९ थान सूचना प्रविधिसम्बन्धी सामाग्री प्रदान गरिएको हो । नगरभित्रका सामुदायिक विद्यायललाई स्मार्ट कक्षा सञ्चालनसंगै शैक्षिक गुणस्तर सुधारका लागि प्रोत्साहनका लागि सूचना प्रविधिसम्बन्धी सामग्री प्रदान गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।

नगरपालिकाले यसअघि पनि आईसीटी सामाग्री वितरण गर्नुका साथै विद्यालयका शिक्षकहरुलाई उपकरणको प्रयोग गर्ने बिधिका बारेमा पनि सिकाउँदै आएको प्रमुख कार्कीले बताए ।

प्रमुख कार्कीले आईसीटी सामग्रीको उच्चतम प्रयोग गर्दै शैक्षिक गुणस्तर सुधारको अभियानलाई प्रभावकारी बनाउन आग्रह समेत गरे । ‘उपकरणहरुको सही ढंगले प्रयोग गर्नुस्, यसको प्रयोगबाट शैक्षिक गुणस्तर कायम राख्न मद्दत मिल्नेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment