Comments Add Comment

वीपीको स्मृतिमा बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर र राहत वितरण

६ साउन, काठमाडौं । वीपीको सम्झनामा नेपाली कांग्रेस निकट विद्यार्थीहरुले रौतहटको गढीमाई नगरपालिकाको लक्ष्मीपुरमा बाढी प्रभावितहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

३३औं वीपी स्मृतिको अवसर पारेर नेपाल विद्यार्थी संघ टिचिङ अस्पतालका डाक्टरसहितको टोली लिएर लक्ष्मीपुर पुगेको हो ।

निःशुल्क स्वास्थ्य शिविरमा ५०० भन्दा बढीको स्वास्थ्य जाँच गरिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य दीपक भट्टराईले जानकारी दिए ।

बाढी प्रभावितहरुलाई केही सहयोग होस् भनेर वीपीको स्मृतिमा आफूले तराईमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए ।

यस्तै नेविसंघले गढीमाई नगरपालिका – ३ मै बाढी तथा डुवान प्रभावितहरूका लागि राहत वितरण गरेको छ । करिब  ३०० परिवारलाई राहत वितरणा गरिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शुशील भट्टले जानकारी दिए ।

बाढी प्रभावितका लागि चामल, तेल, पाल, लत्ताकपडालगायतका सामाग्री प्रदान गरिएको उनले बताए ।

निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको  नेतृत्वमा  आयोजित कार्यक्रममा नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण यादबलगायत पार्टीका नेतटा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment