+
+
Shares

भारतीय दूतावासमा महिला सांसदको चियापान

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते २१:५७

६ साउन, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी तथा विपक्षी दलका महिला सांसदसँग सामूहिक छलफल गरेका छन् ।

सोमबार भारतीय दूतावासमा आमन्त्रण गरेर पुरीले सांसदसँग छलफल गरेका हुन् ।

सांसदसँग गरिएको भेटपछि पुरीले ट्वीटरमा एउटा तस्वीरसमेत सार्वजनिक गरेका छन् । जसमा सत्तारुढ नेकपाकी सांसद गंगा सत्गौवा, नविना लामा र कोमल वलीसमेत थिए ।

नेपाली कांग्रेसकी उपाध्यक्ष सीतादेवी यादव, सचेतक पुष्पा भुसाल, पूर्वमन्त्री चित्रलेखा यादव, सांसद मीना पाण्डे  पनि छलफलमा सहभागी थिए ।

उनीहरुसँग खिचिएको तस्वीरसहित राजदूत पुरीले ट्वीट गरेका छन्, ‘नेपालका केही महिला सांसदसँग राजनीतिमा महिला सशक्तीकरणको विषयमा छलफल गर्न पाउँदा हर्षित छु ।’

राजपा सांसद चन्दा चौधरीले यो भेट अनौपचारिक मात्र भएको बताइन् । राजदूतले चिनजान गर्ने उद्देश्यले बोलाएको र भेटमा राजदूत पत्नीसमेत उपस्थित रहेको सुनाउँदै उनले भनिन्, ‘औपचारिक कुराकानी केही थिएन । गेट टुगेदर मात्रै हो ।’

सांसद नविना लामाले प्रतिनिभिसभाका सदस्यहरुलाई छिमेकी राष्ट्र भारतीय वा चिनियाँ कूटनीतिज्ञहरुले चियापानका लागि बोलाउनु र उनीहरुको निम्तोलाई स्वीकार गर्नु स्वाभाविकै भएको बताइन् ।

दूताबासमा आयोजित चियापानमा दुई देशको आपसी मित्रता लगायतका सामान्य विषयमा मात्रै कुराकानी भएको उनले बताइन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?