Comments Add Comment

‘साहो’ सर्दा आर्यन र स्वस्तिमाको ‘हजार जुनी सम्म’ पुरानै मितिमा रिलिज हुने

बलिउड चलचित्रले नेपाली चलचित्रको रिलिजमा कतीसम्म असर गर्छ भन्ने उदाहरण, साउथको आशातित चलचित्र ‘साहो’को रिलिज हेरफेरलाई हेर्दा हुन्छ । साउनको ३० अर्थात अगष्ट १५ मा ‘साहो’को रिलिज डेट फाइनल भएपछि नेपाली चलचित्र ‘हजार जुनी सम्म’मा भदौको ६ गते पुग्यो ।

तर, काम नसकिएको भन्दै अगष्ट ३० अर्थात भदौ १३ मा ‘साहो’ रिलिज हुने भएको छ । ‘साहो’ भदौ १३ मा पुगेपछि फेरि विकासराज आचार्य निर्देशित चलचित्र ‘हजार जुनी सम्म’मा पुरानै मितिमा फर्किएको छ । अब, यो चलचित्र साउनको ३० गते नै रिलिज हुने भएको छ ।

आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेष प्रधान, प्रियंका कार्की, सलोन बस्नेत, संचिता लुइटेल, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको यो चलचित्र लभ स्टोरी कथामा तयार भएको छ । चलचित्रका २ गीत सार्वजनिक भैसकेको छ, तर त्यो आशातित भने चलेन ।

चलचित्रमा विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाको लेखन छ । भदौ ६ बाट साउन ३० मै ‘हजार जुनी सम्म’मा आउने भएपछि यसको ट्रेलर रिलिजमा ढिलाई हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment